Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

बालेन, रवि, कुलमानलक्षित ओलीको टिप्पणी- २० वर्षसम्म चुनाव जित्नेवाला छैनन्

Zenith Migration Education

नेकपा (एमाले) का अध्यक्ष एवं निः वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरूले अझै बीस वर्ष निर्वाचन नजित्ने दाबी गरेका छन् ।

पार्टीमा आबद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी प्रहरी सङ्गठन (नेपोन) ले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो जिकिर गरेका हुन् ।

अध्यक्ष ओलीले मुलुकमा निर्वाचन भए एमालेले जित्ने पनि बताए । उनले एमाले–काँग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्ति समेत जनाए । अध्यक्ष ओलीले बालेन्द्र साहप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान् काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताए ।

अध्यक्ष ओलीले न्यायालयमाथि धम्की आउन थालिसकेको उल्लेख गर्दै यस्तो अवस्थामा कसरी निर्वाचन गराउन सकिन्छ ? भनेर सरकारलाई प्रश्न समेत गरे । सरकारले निर्वाचन गराउने भन्दा पनि अन्यत्र ध्यान दिएको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु