नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरूले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् ।
बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले केही नेताहरूले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरूलाई सभापति बन्ने चाहना नरहेको बताए । उनले सभापति बन्ने चाहना राख्ने डा। शेखर कोइराला वा अन्य कोही पनि नेताहरू सभापति बन्न सक्ने बताए ।
उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताए । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरूको एक मात्र चाहना रहेको जिकिर गरे ।
महामन्त्री थापाले नेपालको ठुलो पार्टीलाई बनाऊँ भन्ने मात्रै आफूहरूको चाहना रहेको बताए । संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरू अघि बढ्न चाहेको बताए ।



