Sunday, June 28, 2026
Zenith Migration Education
Sunday, June 28, 2026

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन, को-को बने मन्त्री ?

Zenith Migration Education

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल हेरफेर गरेका छन् । सबै मन्त्रीहरूलाई जिम्मेवारीबाट हटाएर नयाँ मन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस र नेकपा एमालेबाट १० नयाँ अनुहारलाई सरकारमा सहभागी गराएका हुन् ।

मुख्यमन्त्रीको सिफारिसमा नियुक्त भएका ८ जना मन्त्री र २ जना राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

नयाँ मन्त्रीमण्डलमा सत्ता साझेदार दल कांग्रेस र एमालेबाट समान ४-४ जना मन्त्री र १-१ जना राज्यमन्त्री सहभागी छन् ।

सरकारमा प्रदीपकुमार सुनुवारले भौतिक पूर्वाधार विकास मन्त्रालय, भीम पराजुलीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, तिलचन पाठकले नेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्रालय पाएका छन्

विदुरकुमार लिङ्थेपले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामप्रसाद महतोले सामाजिक विकास मन्त्रालय, मानबहादुर लिम्बूले स्वास्थ्य मन्त्रालय, इसाइल मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्री र उमाकान्त गौतम विनाविभागीय राज्यमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु