Tuesday, November 25, 2025
Zenith Migration Education
Tuesday, November 25, 2025

तस्करलाई नियन्त्रणमा लिन गोली फायर

Zenith Migration Education

रौतहट । बारा प्रहरीले तस्करलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली फायर गरेको छ । 

भारतको हनुमाननगर तर्फबाट मोटरसाइकल चलाएर आएको र नम्बर नखुलेको ट्रयाक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको अन्दाजी २५ जना तस्करको टोलीलाई नियन्त्रणमा लिन प्रहरीले गोली फायर गरेको हो । 

पचरौता नगरपालिका वडा नं ६ चिकनी टोल स्थित खटिएको प्रहरीको टोलीले ७ राउण्ड र तस्कर समूहले २ राउण्ड गोली प्रहार भएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । 

उनका अनुसार तस्करहरुले कटुवा पेस्तोलबाट २ राउण्ड गोली फायर गरेको थियो।प्रहरीको जवाफी फायरिङ पछि तस्कर समुह फरार भएको थिए । प्रहरीले घटनास्थलबाट भने  बिआर ०५ बिएल ४१५४  , बिआर ०५ बि ६८६४ , बिआर ०५ बिडी ९८२१ र बिआर ०५ ऐडब्लु ०५०१ नम्बरको  गरी ४ वटा भारतीय मोटरसाइकल बरामद गरेको छ । 

भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमतिपत्र (लाईसेन्स) र भारतिय तथा नेपाली सिम फेला परेको छ ।यस विषयमा थप  अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु