Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

Zenith Migration Education

काठमाडौं — सरकारले सोमबार (कात्तिक २४) नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कार्कीलाई आईजीपीमा नियुक्त गरिएको हो। कार्कीले बिहीबार (कात्तिक २७)देखि नेपाल प्रहरीको कमान्ड सम्हाल्नेछन्।

हालका आईजीपी चन्द्रकुबेर खापुङ प्रहरीको ३० वर्षे सेवाहदका कारण अवकाशमा जाने भएपछि सरकारले उक्त पदमा कार्कीलाई नियुक्त गरेको हो। नेपाल प्रहरीको इतिहासमा छोटो कार्यकाल पाउने आईजीपीमध्येका खापुङ बुधबार (कात्तिक २६) रातिदेखि अवकाशमा जानेछन्।

कार्कीसँगै आईजीपीको दौडमा एआईजी त्रय राजन अधिकारी, डा. मनोज केसी र सिद्धिविक्रम शाह थिए। तर, एआईजी बढुवाको वरीयताको एक नम्बरमा रहेका कार्कीले प्रहरीको सर्वोच्च कमान्डर आईजीपी बन्ने अवसर पाए। गएको भदौ १९ गते आईजीपी बनेका खापुङ दुई महिनामै अवकाशमा जाँदै छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु