Thursday, April 23, 2026
Zenith Migration Education
Thursday, April 23, 2026

वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध 

Zenith Migration Education

रामेछाप।  बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पैरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ । 

मंगलटार प्रहरी चौकीका अनुसार नेपालथोकमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाथोक प्रहरीले  हिजो साँझदेखि नै सवारी साधन रोकेको हो । 

प्रहरीका अनुसार रोशीखोला किनारमा बनाइएका डाइभर्सनमा कुनै क्षति भएको छैन, तर केही स्थानमा माटो र ढुङ्गासहितको पैरो खसेका कारण सवारी सञ्चालनमा कठिनाइ आएको छ । निरन्तर भइरहेको वर्षाले पैरो पन्छाउने काम प्रभावित बनेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु