Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

इलाममा बाढी–पहिरोबीच जनजीवन जोगाउने प्रहरी चौधरी कोशी प्रदेशकै‘सर्वोत्कृष्ट प्रहरी’                                                                        

Zenith Migration Education

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार, इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ।

विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य पालन गर्ने क्रममा चौधरीले असोज १९ गते बाढी र पहिरोले ठूलो क्षति पु¥याएको इलामको माइजोगमाई गाउँपालिका–६ चाङ क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

उनीले बाढी–पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शव उद्धार गरी पहिरोबाट निकाल्ने कार्यको नेतृत्व गरे। त्यसैगरी माइजोगमाई गाउँपालिका–५ र ६ का दुई जना सुत्केरी महिला र एक जना सिकिस्त बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्न पनि सक्रिय भूमिका खेले।

त्यसपछि, बाढी–पहिरोबाट क्षति पुगेको इलाका प्रहरी कार्यालय नयाँबजारका लागि स्थानीय समाजसेवीसँग समन्वय गरी करिब ५० हजार रुपैयाँ बराबरका फर्निचर र सामाग्री उपलब्ध गराए। साथै अवरुद्ध भएका सडकहरू पुनः सञ्चालन गर्न स्थानीय प्रतिनिधि र सरोकारवाला निकायसँग सहकार्य गरेर द्रुत गतिमा सुचारु गराएका थिए।

उनका यी कार्यहरूको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई २०८२ साल असोज महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु