Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

चितवनमा पत्रकार विकास पौडेल ‘उदास’द्वारा विद्यार्थीलाई अध्ययन सामग्री वितरण

Zenith Migration Education

आर्थिक रूपमा कमजोर र जेहनदार विद्यार्थीको उत्साह अभिवृद्धिका लागि सहयोग

चितवन — भरतपुर महानगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय इन्द्रपुरीमा अध्ययनरत आर्थिक रूपमा कमजोर तथा जेहनदार विद्यार्थीहरूलाई अध्ययन सामग्री र स्टेशनरी वितरण गरिएको छ।


विद्यालयका पूर्व विद्यार्थी तथा हाल अष्ट्रेलियाको एडिलेड निवासी पत्रकार विकास पौडेल ‘उदास’को सहयोगमा ५२ जना विद्यार्थीलाई अध्ययन सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ।

विद्यालयमा अध्ययनरत मेधावी विद्यार्थीहरूको उत्साह अभिवृद्धि गर्ने उद्देश्यले गरिएको उक्त सहयोग कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि स्वयं सहयोगदाता विकास पौडेल ‘उदास’ रहेका थिए। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्ति अधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम विद्यालयका शिक्षक सन्तोष कोइरालाले सञ्चालन गरेका थिए।
प्रधानाध्यापक शान्ति अधिकारीले स्वागत मन्तव्य राख्दै पौडेलको विद्यालयप्रतिको निरन्तर सहयोग र समर्पणप्रति आभार व्यक्त गरिन्।
त्यसैगरी प्रमुख अतिथि पौडेलले विद्यार्थीहरूलाई अध्ययनशील, इमानदार र लक्ष्यप्रति दृढ रहन प्रेरणा दिँदै भने,
“शिक्षा नै जीवन परिवर्तनको माध्यम हो।”
उनले आगामी दिनमा पनि विद्यालयका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमका क्रममा विद्यालयले पौडेललाई विद्यालयको शैक्षिक तथा सामाजिक उत्थानमा पुर्‍याएको योगदानको कदर गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो।
विद्यालय व्यवस्थापन समिति र शिक्षक–कर्मचारीहरूले पौडेलले विगतमा पनि विद्यालयको पूर्वाधार विकास, शिक्षण सामग्री वितरण लगायतका कार्यमा उल्लेखनीय योगदान गर्दै आएको स्मरण गराएका थिए।

उत्साहजनक उपस्थितिका बीच सम्पन्न कार्यक्रममा विद्यार्थी, शिक्षक र अभिभावकहरूले विद्यालयप्रति पौडेलको समर्पण र सहयोगी भावनाप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

यो कार्यक्रम पत्रकार विकास पौडेल ‘उदास’बाट विद्यालयका लागि निरन्तर रूपमा हुँदै आएको सहयोगको निरन्तरता स्वरूप आयोजना गरिएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु