सिड्नी — ओबर्नस्थित गस्पेल नेपाली चर्चको आयोजनामा आज दोस्रो अन्तर–मण्डली युवा सम्मेलन (Inter-Church Youth Conference 2025) हुँदैछ। सिड्नीका विभिन्न नेपाली भाषी चर्चका युवाहरूको उत्साहजनक सहभागिता रहने उक्त सम्मेलनको मूल विषय “Chosen Generation” अर्थात् “चुनिएको पुस्ता” रहेको छ।
आयोजक चर्चका युवा अगुवा जोन गिरीका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। पाष्टर जीवन रायमाझीको नेतृत्वमा सञ्चालन भइरहेको गस्पेल नेपाली चर्चमा करिब ९९ प्रतिशत सदस्यहरू युवा वर्गका रहेका छन्।
कार्यक्रमको सञ्चालन चर्चकी युवा अगुवा अनु श्रेष्ठले गर्नेछिन् भने आराधनाको नेतृत्व सैलेस महर्जन र जोन गिरीको संयुक्त अगुवाइमा हुनेछ।
उक्त सम्मेलनमा विशेष वक्ताका रूपमा त्रिनिटी चर्चका प्रमुख पाष्टर पावल न्यौपानेले परमेश्वरको वचनबाट प्रवचन गर्ने तय गरिएको छ।
कार्यक्रममा सामूहिक आराधना, प्रार्थना, स्तुति–गीत, नृत्य तथा विभिन्न मण्डलीका युवाहरूबाट विशेष प्रस्तुति रहनेछ।
आयोजक मण्डलीकी अर्की युवा अगुवा सबिना तामाङका अनुसार पहिलो वर्षको सम्मेलन अत्यन्तै भव्य र आत्मिक रूपमा आशीषपूर्ण बनेकाले यसपटक पनि निरन्तरता दिइएको हो।
गस्पेल नेपाली चर्चका युवाहरूले यस सम्मेलनलाई ईश्वरीय प्रेम र एकताको उदाहरणका रूपमा प्रस्तुत गर्न चाहेका छन्।
कार्यक्रम आज अक्टोबर २५, शनिबार, दिउँसो ३:०० देखि ५:०० बजेसम्म सञ्चालन हुनेछ।
📍 स्थान: २९ Queen Street, Auburn
📞 सम्पर्क: 0432 685 546



