Monday, May 4, 2026
Zenith Migration Education
Monday, May 4, 2026

सुरक्षा चुनौतिको सामना गर्दै नागरिक सुरक्षाको  जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैन : महानिरीक्षक खापुङ्ग 

Zenith Migration Education

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । 

शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा  शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतिको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । 

उनले हालको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतिको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको पनि बताए । 

‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरु पश्चातको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतिको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैन,’  उनले थप भने, ‘यसर्थ, कुनै घटनाक्रमबाट हतोस्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न तथा तमाम अभाव र कठिनाईका बाबजुद नेपाल प्रहरीको उपस्थिती सशक्त बनाउन संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशित गर्दछु ।’

प्रहरी ऐन २०१२ जारी भएसँगै नेपाल प्रहरीको विधिवत स्थापना भएको अवसरमा सगौरव मनाइदै आएको प्रहरी दिवसको ७० औँ संस्करण मनाइरहँदा उनले नेपाल प्रहरीका विर सहिदहरुप्रति श्रदान्जली अर्पण गरे । 

महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनको घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितीहरुमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरुको पुनः निर्माण कार्यमा जनसमुदायबाट प्राप्त भएको सहयोगको लागि समेत आभार व्यक्त गरे । 

‘यसै सन्र्दभमा सोही घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितीहरुमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरुको पुनः निर्माण कार्यमा आम जनसमुदायबाट प्राप्त भएको सहयोग र सहहृदर्यताका लागि समस्त नागरिकहरुमा हार्दिक आभार व्यक्त गर्दछु,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु