Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई, खेल क्षेत्रको विकासमा थप जोड दिन आग्रह

Zenith Migration Education

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओमानमा जारी टी–२० विश्वकप एसिया–इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

दाहालले जारी गरेको सन्देशमा भनेका छन्, ‘देशमा राजनीतिक जटिलता र असहज वातावरण रहेको समयमा धैर्य, संयमता र अनुशासनका साथ देखाइएको असाधारण प्रदर्शन साँच्चै प्रशंसनीय उपलब्धि हो ।’

उनले नेपाली राष्ट्रिय टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) र सम्पूर्ण खेल परिवारलाई बधाई दिँदै आगामी विश्वकप प्रतियोगिताका लागि सफलता कामना गरेका छन् ।

सन्देशमा दाहालले आफ्नो नेतृत्वमा रहँदा खेलकुद क्षेत्रमा गरिएको पहललाई स्मरण गर्दै त्यसलाई अझ सशक्त र सघन रूपमा अगाडि बढाउन पनि सरकार र सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।

उनले क्रिकेटको विकास, स्टेडियम निर्माण तथा खेलाडीहरूको प्रोत्साहनका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु