त्यो रात अरू रातहरुभन्दा अँध्यारो थियो। इस्राएलको राजा शाऊल, जो परमेश्वरले अभिषेक गर्नुभएको थियो,अब डरले काँपिरहेका थिए।पलिश्तीहरूको ठूलो सेना उनको विरुद्धमा तयारी गर्दै थिएँ,तर परमेश्वर मौन हुनुहुन्थ्यो।उनले परमप्रभुलाई सोधे, सपना र अगमवक्ताहरूद्वारा जवाफ खोजे,तर परमेश्वरबाट कुनै उत्तर आएन।परमेश्वर मौनरहनुभयो।अनि त्यही मौनतामा शाऊलले गल्ती गरे।
शाऊलको जीवन राम्रोसँग सुरु भएको थियो। १ शमूएल १०:१–१० मालेखिएको छ कि परमेश्वरले उनलाई छानेर इस्राएलको राजा बनाउनुभयोर पवित्र आत्मा शाऊलमाथि आउनुभयो। तर बिस्तारै अभिमान र अवज्ञाउनी भित्र बढ्न थाल्यो। उनले शमूएलको पर्खाइ नगरिकन आफैलेबलिदान चढाए (१ शमूएल १३:८–१४), अनि पछि उनले अमालेकीहरूकोसबै धन सम्पति नाश गर्ने परमेश्वरको आज्ञा उल्लङ्घन गरे (१ शमूएल१५:३-११)। त्यसपश्चात शमुएलले शाऊललाई भन्नु हुन्छ कि, “तपाईंलेपरमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाईराजाको पददेखि त्याग्नुभएको छ।”
त्यस दिनदेखि शाऊलको आत्मिक पतन सुरु भयो। बाइबलमा लेखिएकोछ, ‘परमप्रभुका आत्माले शाऊललाई त्याग्नुभयो, अनि परमप्रभुबाटकोएउटा हानिकारक आत्माले उनलाई बेला बेलामा पक्रन्थ्यो।” (१ शमूएल१६:१४)। जब परमेश्वर मौन हुनुभयो, शाऊलले सपना, अगमवक्ता रऊरीममार्फत उत्तर खोजे, तर बाइबलले भन्छ, “उनले परमप्रभुलाई सोधे, तर परमप्रभुले न त सपनाद्वारा, न “ऊरीम” न अगमवक्ताद्वारा उनलाईजवाफ दिनुभयो।” (१ शमूएल २८:६)
यो मौनता परमेश्वरको कमजोरी होइन, शाऊलको हठ र अवज्ञाकोपरिणाम थियो। निराश र डरले भरिएको शाऊलले रातको अँध्यारोमाभिन्दै लुगा लाएर आफ्ना दुई जना मानिसहरूसँग गुप्त भेषमा एन्डोरगाउँतिर लागे, जहाँ एक स्त्री आत्मा बोलाउने काम गर्थी। व्यवस्था१८:१०–१२ मा लेखिएको छ, “आफ्नो छोरा वा छोरीलाई आगोमा बलिगर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने, टुनामुना गर्ने, मृतकसँग सल्लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोहीनहोस्। यस्तो काम गर्ने व्यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणितरीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्वरले तीजातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।” तर शाऊललेत्यही काम गरे। शाऊलले भूतप्रेत खेलाउनेहरूलाई देशबाट हटाइदिएकाथिए तर आज उनले नै व्यवस्था उल्लङ्घन गर्दै थिए।
ती तन्त्रमन्त्र गर्ने स्त्रीले शमूएललाई बोलाइन्। जब उनले एक वृद्धमानिसलाई खास्टो ओढेको देखिन्, तब त्यसले चिच्च्याएर शाऊललाईभनी, “तपाईंले मलाई किन धोका दिनुभयो? तपाईं शाऊल नैहुनुहुँदोरहेछ।” राजाले त्यसलाई भने, “नडराऊ। तिमी के देख्दैछ्यौ?”
त्यस स्त्रीले जवाफ दिई, “जमिनबाट निस्केर आइरहेको एउटा प्रेत मदेख्दैछु।” उनले सोधे, “त्यो कस्तो छ?” त्यसले भनी, “खास्टो ओढ़ेकोएउटा वृद्ध मानिस माथि निस्कँदैछ।” तब तिनी शमूएल नै हुन् भनीशाऊललाई थाहा भयो। अनि उनले घोप्टो परेर साष्टाङ्ग दण्डवत् गरे।शमूएलले शाऊललाई भने, “मेरो शान्तिलाई तिमीले किन भङ्ग गरेरमलाई माथि ल्यायौ?”
शाऊलले ठूलो डर र निराशामा शमूएलको आत्मासमक्ष आफ्नो पीडापोखेका थिए। उनले स्वीकार गरे कि पलिश्तीहरूले उनलाई पेलिरहेकाछन्, र परमेश्वरले उनलाई त्याग्नुभएको छ। अब उहाँले नभविष्यवक्तामार्फत न दर्शनमार्फत जवाफ दिनुहुन्छ, त्यसैले उनले अन्तिमआशाका रूपमा शमूएललाई बोलाएका थिए — के गर्नुपर्छ भनेरमार्गदर्शन पाउनका लागि।
त्यसको जवाफमा शमूएलको आत्माले कठोर तर सत्य वचन सुनायो।त्यस आत्माले शाऊललाई सम्झाए कि परमेश्वरले पहिले नै निर्णयगरिसक्नुभएको थियो, राज्य उनको हातबाट खोसिएको छ र अबदाऊदलाई दिइसकिएको छ, किनकि उनले परमेश्वरको आज्ञा पालनगरेका थिएनन्। शमूएलले अझ गम्भीर भविष्यवाणी गरे कि भोलि शाऊलर उनका छोराहरू पनि मृत्यु भोग्नेछन् र उनीहरू आफूसँग हुनेछन्, अनिइस्राएलको सेना पलिश्तीहरूको हातमा पर्नेछ। यी वचनहरूले शाऊलकोविफलता र परमेश्वरको न्यायको अन्तिम मोहर जस्तै सुनिए।
यो वचन सुनेर शाऊल डरले भुइँमा लोटे। उनले केही नखाएकालेशक्तिहीन भए। स्त्रीले दया गरी बाछाको मासु र रोटी पकाएर उनलाईखुवाइन्। त्यसपछि शाऊल र उनका सेवकहरू रातै फर्किए।
तर यो घटनापछि एउटा प्रश्न अझै बाँकी रहन्छ, के त्यो साँच्चै शमूएलकैआत्मा थियो, कि छलपूर्ण दुष्ट आत्मा जसले शमूएलको रूप लिएरबोल्यो? कतिपयले भन्छन्, परमेश्वरले असाधारण रूपमा शमूएललाईउठाएर शाऊललाई अन्तिम सन्देश दिनुभयो; तर अरूले भन्छन्, परमेश्वरले मृतकहरूको माध्यमद्वारा बोल्न अनुमति दिनुहुन्न, त्यसैले त्योआत्मा एक छलपूर्ण आत्मा थियो। यही रहस्य आजसम्म बाइबलकाविद्यार्थी र धर्मशास्त्रविद्हरूबीच गम्भीर छलफलको विषय बनेको छ।हामी यो विषयमा पछि एउटा नयाँ लेखमा लेख्न सक्छौं, तर विषयवस्तुमाफर्कौं।
यी वचनहरूले शाऊललाई भत्काए। उनले खान पनि अस्वीकार गरे, रउनको हृदय डरले भरियो। अर्को दिन उनले युद्धमा गए र आफ्नै तरवारलेआत्महत्या गरे (१ शमूएल ३१:४)। यसरी शाऊलको जीवन समाप्तभयो।
यो कथा मात्र पुरानो इतिहास होइन, तर हाम्रो जीवनको ऐना पनि हो।कहिलेकाहीँ जब परमेश्वर मौन हुनुहुन्छ, हामी पनि शाऊलझैँ अधैर्यहुन्छौं। हामी तुरुन्तै अन्य आवाजहरू खोज्न थाल्छौं — मानिसकोसल्लाह, आफ्नै विचार, वा संसारको उपायहरू। तर मौनताको अर्थपरमेश्वर अनुपस्थित हुनु होइन। कहिलेकाहीँ मौनता उहाँको चेतावनी हो।जब मानिसको हृदय कठोर हुन्छ, तब परमेश्वरको आवाज सुन्न सकिँदैन।
तर यो घटनाले आशा पनि दिँदछ। परमेश्वर मौन हुनुहुन्छ भने पनि उहाँकहिल्यै टाढा हुनुहुन्न। दाउदले पनि यस्तो अनुभव गरेका थिए। उनले भने: “कहिलेसम्म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्छ? तपाईंलेआफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?” (भजन १३:१) तरअन्तमा उनले भने, “तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेकोछु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ।” (भजन १३:५)। यही नै शाऊलर दाउद बीचको मुख्य भिन्नता हो — शाऊलले मौनतामा विद्रोह गरे, तरदाउदले मौनतामा पनि भरोसा गरे।
जब परमेश्वर मौन हुनुहुन्छ, त्यो समय डराउने होइन, रोकिएर सोच्ने हो।कहिलेकाहीँ परमेश्वरले नयाँ कुरा भन्नुभन्दा पनि पहिलै दिइएको वचनपालन गरोस् भन्ने चाहनुहुन्छ। शाऊलसँग परमेश्वरको वचन पहिले नैथियो, तर उनले त्यो पालना गर्न इन्कार गरे। त्यसैले उनले कुनै नयाँ उत्तरपनि पाएनन्।
शाऊलको जीवनले यो देखाउँछ कि पश्चात्तापबिना आत्मिक खोजखतरनाक हुन्छ। उनले पश्चात्ताप बिना नै प्रकाश खोजे, र त्यो खोजीलेउनलाई विनाशतिर डोर्यायो। तर हाम्रो लागि, निमन्त्रणा अझै पनि छ—उहाँको वचन मार्फत परमेश्वरको आवाज खोज्ने, उहाँ मौन लाग्दा पर्खिने, र उहाँको मौनताले हाम्रो हृदयलाई गहिरो विश्वासको लागि तयार गर्दैछभनेर भरोसा गर्ने।
जब स्वर्ग शान्त वा मौन महसुस हुन्छ, यो आत्तिने वा झूटा आवाजहरूकोपछि लाग्ने समय होइन—यो रोकिने, प्रार्थना गर्ने र सुन्ने समय हो।परमेश्वरको मौनता नै त्यो पवित्र स्थान हुन सक्छ जहाँ हाम्रो हृदयलेउहाँमाथि साँच्चै भरोसा गर्न सिक्छ। किनभने कहिलेकाहीँ, परमेश्वरलेभन्नुहुने सबैभन्दा ठूलो कुरा… मौनता नै हुन्छ।
लेखक — ओशन श्रेष्ठ, सिडनी नेपाली चर्च



