Thursday, August 27, 2026
Zenith Migration Education
Thursday, August 27, 2026

नयाँ पुस्ताले ढोका ढकढक्याएका कारण पद छाडेको हुँ : डा.बाबुराम भट्टराई

Zenith Migration Education

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजनीतिमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न पूराना राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् । 

बिहीबार पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक राजनीतिक अभियन्ताहरुले नेतृत्वकारुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पूराना राजनीतिक दलहरु कि सच्चिनुपर्ने कि सकिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘नयाँ पुस्तालाई प्रोत्साहत गर्न पूराना दलहरु सबैले आफूलाई रुपान्तरण गर्नुपर्छ । एउटा भनाई छ स्थापित भएपछि की सच्चिनुपर्छ की सकिनुपर्छ भन्ने छ । त्यसकारण हाम्रो वैकल्पिक राजनीतिक अभियन्ताहरुले पनि आफ्ना समुहहरु, पार्टीहरु छन् त्यहाँ सकेसम्म नयाँ पुस्तालाई अगाडि सार्ने प्रयत्न गर्नुपर्छ ।’ 

डा. भट्टराईले राजनीतिमा नव युवकहरुले ढोका ढकढकाइसकेपछि आफूले पद त्यागेको स्पष्ट पार्दै उनले भने, ‘मैले किन पद त्याग गरें भने नैतिक हिसावले पनि नव युवकहरुले ढोका ढकढकाइसके र नातीनातिना पुस्ता अगाडि आइसके ।  उनीहरुलाई प्रोत्साहन दिनुपर्छ । उनीहरुले नेतृत्व गर्नुपर्छ भनेर बाटो क्लियर गरेको हुँ ।’

उनले जेनजी आन्दोलनले धनजनको क्षतिका बावजुत पनि नयाँपुस्ता यस क्षेत्रमा आउनु यसको ऐतिहासिक एवम सकरात्मक पक्ष रहेको बताए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु