Wednesday, August 26, 2026
Zenith Migration Education
Wednesday, August 26, 2026

आज नरेन्द्र मोदीको ७५औं जन्मदिन, विशेष कार्यक्रमसहित मनाउँदै

Zenith Migration Education

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन्।

सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् ।

मोदीले धारमा प्रधानमन्त्री मित्र योजनाअन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्नेछन्। भारतीय सञ्चारमाध्यमका अनुसार, यस परियोजनाले हजारौं युवालाई रोजगारी दिलाउने र स्थानीय अर्थतन्त्रमा नयाँ उर्जा भर्ने अपेक्षा गरिएको छ। त्यस्तै, ‘स्वस्थ नारी, सशक्त परिवार’ अभियान पनि मोदीले आजै सुरु गर्ने बताइएको छ ।

मोदीको जन्मदिन अवसर पारेर सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)ले सेप्टेम्बर १७ देखि अक्टोबर २ सम्म देशव्यापी रक्तदान, स्वास्थ्य परीक्षण, वृक्षारोपण र सरसफाइ अभियानजस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु