Wednesday, April 29, 2026
Zenith Migration Education
Wednesday, April 29, 2026

दोस्रो एनआरएनए यूके कपको उपाधि एफसी केन्टको पोल्टामा

Zenith Migration Education

दोस्रो एनआरएनए कप एफसी केन्टले जितेको छ ।

एनआरएनए यूकेले १३ सेप्टेम्बर शनिबार फेल्थाममा गरेको ९ ए साइड फुटबल प्रतियोगितामा मेन क्याटेगोरीतर्फ एफसी केन्टले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई पराजित गर्दै दोस्रो एनआरएनए कप जितेको हो ।

उपाधिसंगै विजेता एफसी केन्टले २२०० पाउण्ड नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने फष्ट रनर अप ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले ११ सय पाउण्ड, ट्रफी र प्रमाणपत्र पायो ।

अवतार डाइनिङका प्रोपाइटर एवं एनआरएनए यूके सहकोषाध्यक्ष सुरेश केसीले रनरअपको पुरस्कार ११ सय पाउण्ड प्रायोजन गरेका थिए ।

त्यसैगरि, भेट्रानतर्फ बीबीसी टिम विजेता बन्यो भने जोइन्ट एफसी रनर अप भयो । भेट्रान वीनरले १२०० पाउण्ड र रनरअपले ६०० पाउण्डसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

भेट्रान वीनरको १२०० पाउण्ड एनआरएनए यूके पूर्व अध्यक्ष व्यवसायी योगेन क्षेत्रीले प्रायोजन गरेका हुन् भने एनआरएनए आइसीसी सल्लाहकार पुरन गिरीले रनर अप ट्रफीका लागि ६ सय पाउण्ड प्रायोजन गरेका थिए ।

महिला टिमतर्फ तामाङ समाज यूके विजेता बन्दा रन्डर बोल्ट लिजेन्ड्स रनर अप भयो । उता, प्लेट कप केनी एफसी रेडिङले प्राप्त गरेको छ । एनआरएनए यूके संरक्षक हितमान गुरुङले लेडिज पुरस्कारका लागि २०० पाउण्ड प्रायोजन गरेका थिए ।

इभेन्ट संयोजक एनआरएनए यूके युथ कोअर्डिनेटर विशाल राईले एनआरएनए कपमा यसपटक जम्मा ३९ टिममध्ये २४ मेन, १२ भेट्रान एवं ३ महिला टिमले प्रतिष्पर्धा गरेको जनाए ।

विजेतालाई पुरस्कार वितरण तथा सहभागी हुनेमा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए यूके प्रमुख संरक्षक डेभिड गुरुङ, संरक्षकत्रय भरत रोका, हितमान गुरुङ र क्याप्टेन वीर बहादुर थापा, एनआरएनए यूके पूर्व अध्यक्षद्धय रि. मेजर डमर घले र योगेन्द्र क्षेत्री, एनआरएनए आइसीसी केन्द्रिय सल्लाहकारद्धय पुरन गिरी र थर्क सेन, एनआरएनए आइसीसी केन्द्रिय उपाध्यक्ष विश्वासदीप तिगेला, आइसीसी यूके सदस्यद्धय विजय गुरुङ र शारदा गुरुङ, आइसीसी सदस्य तथा गोर्खा टाक्स फोर्स संयोजक ओमप्रसाद थापा काउचा, वेल्स राज्य समन्वय परिषदका प्रमुख संरक्षक बद्री योङ्या, मगर संघ यूके अध्यक्ष लालबहादुर पुन, तमु समाज बेलायत विन्दु गुरुङ, तमु प्ये लु संघ यूके उपाध्यक्ष अमर गुरुङ, संखुवासभा तमु समाज यूके अध्यक्ष प्रेम कोराङगी, जनजाती पत्रकार महासंघ बेलायत अध्यक्ष बमबहादुर थापा सूर्यवंशी, मगरसंघ यूएचएसबी अध्यक्ष वीर बलाल, यूके नेपाल फेडेरेसन अफ बडी बिल्डिङ अध्यक्ष गंगा गुरुङ, मगर संघ यूके युथ अध्यक्ष दीपक मैथानेमगर, काउन्सिलर विष्णु गुरुङ, अन्तर्राष्ट्रिय कलाकार विष्णु चेम्जोङ आदि थिए ।

महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष गाहामगरले बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने उद्देश्यसहित प्रतियोगिता गरिएको बताए ।

बेलायतको नेपाली डायष्पोरामा पहिलो र दोश्रो पुस्ताबीच दुरी बढिरहंदा दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न स्वरुप इभेन्ट गरिएको गाहामगरको प्रष्टीकरण थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु