Friday, April 17, 2026
Zenith Migration Education
Friday, April 17, 2026

मन्त्रीहरुको नाम सिफारिसका लागि विज्ञसँगको परामर्शमा जेनजी

Zenith Migration Education

काठमाडौँ । शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै कार्यपालिका प्रमुखको जिम्मेवारी बहन गरेलगत्तै मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको छ ।

सानो आकारको मन्त्रिपरिषद आजै विस्तार गर्ने भनिए पनि साँझ अबेरसम्म मन्त्रिमण्डलमा सहभागी हुनेहरुको नाम टुङ्गो लाग्न सकेको छैन । मन्त्रिपरिषदमा को–को पठाउने भन्ने विषयमा जेनजीका युवाहरुसहितको विज्ञ समूहबीच अहिले पनि छलफल चलिराखेको बताइएको छ ।

विशेषगरी अब बन्ने मन्त्रिमण्डलमा सम्बन्धित क्षेत्रका विज्ञहरुलाई समावेश गराउने गरी तयारी भइरहेकाले छलफलमा समय लागेको युवाहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु