काठमाडौँ । प्रदर्शनकारीहरूको आगजनीका कारण क्षतविक्षत भएको सर्वोच्च अदालतमा आइतबारबाट पाल टाँगेर सेवा प्रवाह सुरु गरिएको छ । यसअघि सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक (फूल कोर्ट)ले आगामी आइतबारदेखि बन्दी प्रत्यक्षीकरण निवेदनहरू हेर्न थालिने जनाएको थियो ।
सर्वोच्च अदालतले आफ्नो परिसरमा केही पाल टाँगेर प्रशासनिक र इजलास अघि बढाउने गरी काम थालेको हो ।
इजलास सुरु भएको ६ दिनपछि अड्डा अदालतहरूमा दशैं बिदा सुरु हुनेछ । दशैंका बेलामा १५ दिन अदालतमा बिदा दिने र न्यायाधीशहरुले घरमै फैसला लेख्ने अभ्यास छ । तर, यस पटक अदालतको सबै संरचना क्षतविक्षत भएकाले न्यायाधीशहरू संरचना व्यवस्थापनका लागि नियमित अदालत आउनेबारे छलफल गरेका थिए ।




