Friday, June 26, 2026
Zenith Migration Education
Friday, June 26, 2026

‘देशमा रिक्तताको स्थिति घातक हुन सक्छ’

Zenith Migration Education

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले अन्तरिम सरकार शिघ्र गठन गर्न आग्रह गरेको छ । समाजका सभापति रेनुका पौडेलले जेनजीद्वारा आह्वान गरिएको भ्रष्टाचार विरोधी आन्दोलनको सफलता पश्चात देशमा विद्यमान तरल अवस्थालाई मध्यनजर गर्दै अन्तरिम सरकार शिघ्र गठन गर्न आग्रह गरेकी छन् ।

उनले युवा पुस्ता जेनजीको आह्वानमा भएको भ्रष्टाचार विरोधी आन्दोलनको सफलता नेपालको इतिहासमा अभुतपूर्व घटना भएको बताएकी छन् ।

‘‘आन्दोलनको सफलतापछि देशमा एक किसिमको रिक्तता उत्पन्न भएको छ । सरकार छैन । प्रहरीहरु पुर्ण रुपमा कार्यक्षेत्रमा फर्कन सकेका छैनन् । प्रशासन सुचारु भएको छैन ।,’’ उनले भनेकी छन्, ‘‘झण्डै कानुन विहीनताको अवस्था सिर्जना भएको बेला नेपाली सेनाको सार्थक पहल उल्लेखनिय छ । देशमा रिक्तताको स्थिति घातक हुन सक्छ । तसर्थ चाडोभन्दा चाडो अन्तरिम सरकार गठन हुनुपर्छ । जेनजीको माग अनुरुप त्यस्तो नियुक्ति सम्माननीय राष्ट्रपतिबाट चाडै हुनेमा शान्ति समाज आशावादी छ ।’’

१. युवा पुस्ता जेन जी को आह्वानमा भएको भ्रष्टाचार विरोधी आन्दोलनको सफलता नेपालको इतिहासमा अभुतपुर्व घटना हो । साथै सो आन्दोलनका दौरान घटेका केही घटनाहरु अत्यन्त दुखद छन् । भदौ २३ गते भ्रष्टाचारको विरोध गर्दै प्रदर्शनमा उत्रिएका नेपाल आमाका १९ जना सन्तानलाई तत्कालिन भ्रष्ट एवं कर्तव्यच्युत सरकार जोगाउन अन्धाधुन्ध तवरले गोली हानी हत्या गरेको घटनाको जति निन्दा गरेपनि कम हुने धारणा शान्ति समाजले सोही दिन सार्वजनिक गरिसकेको छ । त्यसैका कारण देशभरी उत्पन्न तिव्र आक्रोश र कम्पनबारे सबै जानकार छन् । तर यो आन्दोलनको सफलतापछि सार्वजनिक सम्पत्तिमा भएको ठुलो क्षति, निजी सम्पत्ति लुटपाट, केही प्रेस संस्थाहरुमा भएको तोडफोड र आगजनि लगायतका घटनाहरु दुर्भाग्यपुर्ण छन् । अहिंसाको दर्शनमा गहन आस्था राख्ने शान्ति समाजले सदैव यस्ता घटनाको निन्दा गर्दै आएको छ । इतिहासले यस्ता घटनाको जहिले पनि हिसाब माग्छ ।

२. आन्दोलनको सफलतापछि देशमा एक किसिमको रिक्तता उत्पन्न भएको छ । सरकार छैन । प्रहरीहरु पुर्ण रुपमा कार्यक्षेत्रमा फर्कन सकेका छैनन् । प्रशासन सुचारु भएको छैन । झण्डै कानुन विहिनताको अवस्था सिर्जना भएको बेला नेपाली सेनाको सार्थक पहल उल्लेखनिय छ । देशमा रिक्तताको स्थिति घातक हुन सक्छ । तसर्थ चाडो भन्दा चाडो अन्तरिम सरकार गठन हुनुपर्छ । जेन जी को माग अनुरुप त्यस्तो नियुक्ति सम्माननीय राष्ट्रपतिबाट चाडै हुनेमा शान्ति समाज आशावादी छ ।

३. जेन जी ले आन्दोलन आह्वान गर्दा मूलत भ्रष्टाचारको विरोध र स्वतन्त्रताको पक्षमा केन्द्रित रहेको प्रष्ट छ । भ्रष्टाचारमा संलग्न विभिन्न दलका शिर्ष नेताहरुलाई कारबाहीको कानूनी प्रक्रिया आगाडी बढाउनुपर्छ जुन काम अन्तरिम सरकारले अघि बढाउने विश्वास छ । आन्दोलनको घोषित आंकाक्षा विपरित नागरिक स्वतन्त्रता र सर्वोच्चता माथि घात गर्ने कुनै पनि कदम वा पहल स्विकार्य हुदैँन । विशेषतः लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतामाथि घात गर्ने प्रयत्न भयो भने त्यो अस्विकार्य र आत्मघाति हुन सक्ने तथ्य शान्ति समाज प्रष्ट गर्दछ । अन्तरिम सरकारको मुल दायित्व नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षा, कानुन र व्यवस्थाको पुर्नवहाली, अहिंसा सद्भाव र सहिष्णुताका आदर्शहरुको प्रवद्र्धन, पुननिर्माण र स्वतन्त्र निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु हुनेछ ।

४. नेपालको संविधान लागु भएको एक दशक पुगेको छ । संविधान संसोधन निरन्तर चलिरहने प्रक्रिया हो । यो संविधान संसोधनको बहसलाई सार्थक रुपमा अघि बढाउने गहन दायित्व पनि अब जेन जी पुस्तामा आएको छ तर संविधान संसोधनको दायित्व अन्तरिम सरकारले गराउने निर्वााचन पश्चात गठन हुने नयाँ संसदको हो भन्ने धारणा शान्ति समाज सबैलाई स्मरण गराउँछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु