Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

त्रिभुवन विमानस्थल आज साँझसम्म बन्द रहने

Zenith Migration Education

काठमाडौँ । विमानस्थलका साथै काठमाडौँ उपत्यकाको आकाशमा धुँवाको मुस्लो बढेपछि मङ्गलबार अपराह्नदेखि बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार साँझ ६ बजेसम्म नखुल्ने भएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अर्को निर्णय नभएसम्म विमानस्थलबाट सम्पूर्ण उडान बन्द गरिएको तर आपत्कालीन उडान र मेडिकल उडान भने सञ्चालन हुनेछन् । यसअघि आज मध्याह्न १२ बजेसम्मका लागि विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु