कास्की कारागारबाट कैदीबन्दी भागेका छन् । जेन जेड प्रदर्शनकारीले कारागार तोडेर कैदीबन्दी भगाएका हुन् ।
जेन जेड आन्दोलनकारीले सरकारी कार्यालयहरू जलाउँदै कारागारबाट कैदीबन्दी छुटाउने सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको थियो ।
बेलुका जेन जेडको सहयोगमा कैदीबन्दीले आफैँ कारागार तोडेर भागेको प्रहरी स्रोतले जनाएको छ ।
जेन जेड आन्दोलनकर्मी कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि कुटपिटसमेत गरेर भगाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की कारागारमा ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५



