Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

नेपाल सरकारको दमनप्रति अष्ट्रेलियामा चैतर्फी बिरोध

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । सिड्नीमा रहेका जेनजी पुस्ताले नेपाल सरकारको दमनप्रति घोर भर्त्ना गरेका छन् । मङ्गलबरमा सिड्नीमा रहेको जेनजी पुस्ताले सामाजिक अभियान्ता र समूदायलाई ओबर्न पार्कमा भेला गरी मौन धारण कार्यक्रमको आयोजना गरेको थियो ।

सो क्रममा जेनजी र सामूदायिक अभियान्ताले सोमबार जेनजीहरुको प्रदर्शनका क्रममा नेपाल सरकारले गरेको दमनप्रति घोरभर्त्सना गरेका हुन् । सोमबार भएको प्रदर्शनका क्रममा काठमाडौँमा १७ जना र इटहरीमा दुई जना गरी १९ जनाले ज्यान गुमाएका थिए । त्यसको विरोधमा जेनजी प्रदर्शनकारीहरुले मङ्गलबार देशभर प्रदर्शन गरिरहेका छन् ।

सिड्नीका जेनजीहरुले घटनाको छानबिन र न्यायका लागि पहल गर्न अन्तर्राष्ट्रिय मानव अधिकार आयोगलाई अनुरोध समेत गरेका छन् ।

कार्यक्रममा नेपालको झण्डासहित सबै पुस्ताका करिब सात सयभन्दा बढीको सहभागी रहेको थिए । साथै उनीहरुले नेपालमा आफूहरुको आवश्यकता परे जान तयार रहेको जेनजी पुस्ताका डोल्मा लामा, भवानी पौडेल र अजिना कार्कीलगायतले धारणा व्यक्त गरेका थिए ।

त्यस्तै, ओबर्न सेन्टरको प्रागणमा भेला भएर उनीहरुले सोमबार प्रदर्शनका क्रममा ज्यान गुमाएका विद्यार्थीहरुको नाममा दिप प्रज्ज्वलन गरी चिरशान्तिको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु