काठमाडौँ । पुतली सडक क्षेत्रबाट जेनजी प्रदर्शनकारीहरुले प्रहरीको सुरक्षा घेरा तोड्दै सिंहदरवारभित्रै प्रवेश गरेका छन् । सोमबारको दमनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित युवाहरू राजधानीका प्रमुख स्थानहरूमा विरोध प्रदर्शन गर्दै आएका छन् ।
पुतली सडकमा भीड नियन्त्रण गर्न सुरक्षाकर्मीले घेरा बनाए पनि प्रदर्शनकारीहरूले त्यो तोडेर सिंहदरवारतर्फ प्रस्थान गरेका हुन् । उनीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै भ्रष्टाचारको अन्त्य, जवाफदेहिता र नेताहरूको राजीनामाको माग गरेका छन् ।
यसैबीच, काठमाडौंका विभिन्न भागमा तोडफोड र आगजनीको घटनाहरू भइरहेका छन्। नेताहरूको घर र कार्यालयलाई समेत लक्षित आक्रमण भइरहेका कारण राजधानीको वातावरण थप तनावग्रस्त बनेको छ।



