Wednesday, December 10, 2025
Zenith Migration Education
Wednesday, December 10, 2025

जेनजी प्रदर्शन : रिपोर्टिङका लागि अन्तर्राष्ट्रिय मिडिया नेपालमा

Zenith Migration Education

काठमाडौँ । जेनजी प्रदर्शन र सरकारले गरेको दमन र बल प्रयोगको रिपोर्टिङका लागि अन्तर्राष्ट्रिय मिडिया पनि नेपाल आएका छन् ।

दैनिक भास्कर, एनडी टिभीलगायतका भारतीय मिडिया नेपाल आएका हुन् । मङ्गलबार बिहान नयाँबानेश्वर क्षेत्रमा उनीहरूको उपस्थिति रहेको छ ।

सोमबार हिंसात्मक बन्न पुगेको जेनजी प्रदर्शनले आज पनि निरन्तरता पाएको छ । आज बिहान पनि युवाहरू संसद् भवन अगाडि भेला भएर प्रदर्शन गरिरहेका छन् ।

१९ जनाको ज्यान जाने गरी भएको हिंसात्मक प्रदर्शनी सँगै काठमाडौँ जिल्ला प्रशासनले उपत्यकाको विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

यसैगरी, काठमाडौँको कलंकीमा पनि जेनजीले प्रदर्शन सुरु गरेको छ । काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु