काठमाडौँ । मन्त्रिपरिषद् बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राजीनामा दिएका गृहमन्त्री रमेश लेखलगायत दुवै दलका शीर्ष नेताहरू सहभागी भएका छन् ।
एक मन्त्रीका अनुसार बैठकमा सामाजिक सञ्जाल पुनः सञ्चालन गर्ने विषयमा छलफल भई निष्कर्ष निकाल्ने प्रयास भइरहेको छ । यसअघि मन्त्रिपरिषद् बैठकमा भने यसबारे कुनै निर्णय नभएको बताइएको छ।



