काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर एक जेनजी प्रदर्शनकारीको निधन भएको छ । सरकारविरुद्धको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. मोहनचन्द्र रेग्मीले मृत्युको पुष्टि गरेका छन् । साथै घाइते भएका ७० जनाभन्दा बढीको उपचार भइरहेको जानकारी पनि उनले दिए । मृतकको सनाखत हुन बाँकी छ ।



