काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जेनजीको प्रदर्शनस्थलमा घुम्ती शौचालय राखिदिएको छ ।
सोमबार माइतीघर मण्डलामा सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध भेला भएर प्रदर्शन गरिरहेका जेनसी युवाहरुको सुविधाका लागि महानगरपालिकाले निःशुल्क प्रयोग गर्न मिल्ने घुम्ती शौचालय राखिदिएको हो ।
अहिले युवाहरु भ्रष्टाचार, बेथिति र सामाजिक सन्जाल बन्दविरुद्ध नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । उनीहरुको प्रदर्शनलाई काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले समेत समर्थन गरेका छन् ।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरूले राष्ट्रभक्ति गीत गाएका छन् । उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिएका छन् ।



