Wednesday, June 24, 2026
Zenith Migration Education
Wednesday, June 24, 2026

भीपीएन प्रयोग गरी सामाजिक सञ्जाल नचलाउनुस् : सञ्चार मन्त्रालय

Zenith Migration Education

काठमाडौँ । सरकारले (भर्चुअल प्राइभेट नेटवर्क – भीपीएन प्रयोग गरी सामाजिक सञ्जाल नचलाउनुस् ः सञ्चार मन्त्रालय) प्रयोग गरेर सामाजिक सञ्जाल नचलाउन आग्रह गरेको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा सूचीकरणमा नआएका कारण सामाजिक सञ्जाल निष्क्रिय गरिएको उल्लेख छ ।

“सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम सात दिनको म्याद दिई सूचीकरणका लागि आह्वान गरेको थियो,” विज्ञप्तिमा भनिएको छ, “मन्त्रालयले सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समयसीमाभित्र सम्पर्क नगरेका सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराइएको र हाम्रो पात्रो र ग्लोबल डायरी सूचीकरण भएका छन् ।”
सामाजिक सञ्जाल एक्सले भने सूचीकरणका निम्ति विवरण माग गरेको विज्ञप्तिमा जनाइएको छ । मन्त्रालयले सामाजिक सञ्जाल निषेध वा नियन्त्रण गर्न नभई स्वनियमनमार्फत मर्यादित र जवाफदेही प्रयोग निश्चित गर्न यो कदम चालिएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु