Sunday, December 7, 2025
Zenith Migration Education
Sunday, December 7, 2025

बिहानी कप फुटबलः युनाइटेडलाई हराउँदै सिद्धेश्वर विजयी

Zenith Migration Education

टक्सार (भोजपुर) । भोजपुरको स्थानीय टुँडिखेलमा आज सम्पन्न तेस्रो बिहानी कप अण्डर–१६ अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि सिद्धेश्ववर मावि दाँवाले जितेको छ । शनिबार भएको तेस्रो बिहानी कप फुटबल प्रतियोगिता युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीलाई सुटआउटमा हराउँदै सिद्धेश्वर विजयी भएको हो ।

सिद्धेश्वर मावि र युनाइटेड एकाडेमीबीच भएको फाइनल खेलमा निर्धारित ८० मिनेटमा दुवै टोलीका तर्फबाट एक÷एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पाँच–चार गोलअन्तरले युनाइटेडलाई पछि पार्दे सिद्धेश्वरले उपाधिसहित रु ४४ हजार ४४५ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्‍यो ।

उपविजेता बनेको एकाडेमीले रु २२ हजार २२३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । करिब रु चार लाखको लागतमा सञ्चालित प्रतियोगितामा उत्कृष्ट खेलाडीका लागि पुरस्कारको व्यवस्था गरिएको थियो ।

प्रतियोगितामा भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, टेम्कैमैयुङ गाउँपालिका र पौवादुङमा गाउँपालिकाभित्रका १५ विद्यालयले सहभागिता जनाएका आयोजकले जनाएको छ । बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल सङ्घको संयोजनमा यही भदौ १७ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु