Saturday, July 18, 2026
Zenith Migration Education
Saturday, July 18, 2026

वर्ल्ड यूथ सभात प्रतियोगिता : नेपालका तोयनाले जिते रजत पदक

Zenith Migration Education

काठमाडौँ । उज्बेकिस्तानको ताशकेंट शहरमा यही जुलाई २३ देखि २७ तारीक सम्म आयोजना भएको वर्लड यूथ सभात प्रतियोगितामा नेपालका बसिल तोयनाले रजत पदक जितेका छन् ।

प्रतियोगिताको दोश्रो दिन ८०–८५ केजी तौल समूहमा उज्बेकिस्तान, फ्रान्स, अजरबैजान र नेपालका खेलाडीबीच लीग चरणमा खेलाइएको खेलमा नेपालका बसीलले पहिलो खेलमा आयोजक उजÞबेकिस्तानका खेलाडी जीदीरोभ मोहम्मदलाई हराई तीन अङक हासिल गरे ।

दोस्रो खेलमा अजÞरबैजानको खिलाडी मेहमेद सुलेमनोभलाई पराजित गरी ६ अङ्क बटुली तेसरो खेलमा फ्रान्सका खिलाडी मलभिन पेरीइले वॉकओवर दीदा ९ अङ्क बटुली फाइनल प्रवेश गरेका थिए । सात अङ्क बटुली फाइनल प्रपेश गरेका फ्रान्सकै खेलाडी मलभिन पेरीइबीच तेस्रो दिन भएको फाइनल खेलमा भने नेपालका बसी पराजित भई रजत पदक मै चित्त बुझाउनु परेको थियो ।

करीब दुई वर्ष अगाडी मात्र नेपाल भित्रिएको यस सभात खेलको विश्व प्रतियोगीतामा आफÞनो खेलाडीले सभातको पावर हाउस मानिने देशहरूलाई पराजित गरी सभात खेलको जन्मदाता देश फ्रान्सको खेलाडीसँग फाइनलमा उत्कृष्ट प्रदर्शनको बाबजुद पराजित भई रजत पदक मै चित्त बुझाउन परेपनी एकदम गर्व महसुस भएको नेपाल साभातका सस्थापक अध्यक्ष तथा टीम कोच एवं एशियन सभात कन्फÞिडेरेशन का कार्यकारी सदस्य समेत रहेका लक्ष्मण बस्नेत बताए ।

नेपालको खिलाडी फाइनल प्रवेश गरी फ्रान्स जस्तो नम्बर वन टीमको खिलाडीसँग पराजित भए पनि धेरई धेरै देशका कोच तथा खिलाडीहरू प्रभावित भएको प्रशिक्षक लक्ष्मण बस्नेत बताउछन् । यस खेललाई नेपालका तीनै तहका सरकारले लगानी गरी सहयोग गरने हो भने नेपाललाई पनी सभात खेलको पावर हाउस मध्य एक बनाईं विश्वमा नेपालको शिर उच्च राखन सकने आत्मविश्वास रहको प्रशिक्षक बस्नेत बताउछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु