Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

एनआरएनए अष्ट्रेलिया निर्वाचन जारी : पाँच हजार ७९७ जनाले गरे मतदान

Zenith Migration Education

सिड्नी (अष्ट्रेलिया) । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन जारी रहेको छ । शनिबार बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहने छ ।

अष्ट्रेलिया निर्वाचन आयोगका अनुसार बिहान करिब ११ः३० सम्म पाँच हजार ७९७ जनाले मतदान गरिसकेका छन् ।

हालसम्म न्यू साउथ वेल्स १३८७, क्विन्सल्याण्ड ८२८, टास्मानिया ३१२, दक्षिण अष्ट्रेलिया ६०९, नर्दन टेरिटोरी ३२६, भिक्टोरिया ८५९, अष्ट्रेलियन क्यापिटल टेरिटोरी ७८४ र वेस्टर्न अष्ट्रेलिया ६९२ गरी कुल ५७९७ जनाले मतदान गरेका छन् । निर्वाचनमा १६ हजार ११३ जना मतदाता रहेका छन् ।

एनआरएनए अध्यक्ष पदका लागि सन्तोष कुँवर, सञ्जीव गोर्खाली ढकाल र भैरव ढकाल प्रतिस्पर्धामा छन् ।

यसैगरी, उपाध्यक्ष पदमा बबिन मिश्र र रमेश पौडेल र महासचिवमा चुडामणि सापकोटा, भरतमणि देवकोटा र अर्जुन गौतमबीच प्रतिस्पर्धा हुने छ ।

सचिव पदमा कल्याण खड्का र गणेशराज गौतम र कोषाध्यक्ष पदका लागि लुना सिवाकोटी र निजन चौलागाईंबीच प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु