Thursday, July 16, 2026
Zenith Migration Education
Thursday, July 16, 2026

विद्यालयको छत भत्किएर तीन विद्यार्थीको मृत्यु, पाँच शिक्षक निलम्बित

Zenith Migration Education

राजस्थान (नयाँदिल्ली) । भारतको राजस्थानमा विद्यालयको भवन भत्किदा तीन विद्यार्थीको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घाइते हुनेमा विद्यार्थी र शिक्षक रहेका छन् ।

राजस्थानको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी नजिकै एक सरकारी विद्यालयको छत भत्किँदा तीन विद्यार्थीको मृत्यु भएको हो । राजस्थानका शिक्षामन्त्री मदन दिलावरले तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् ।

घटनापछि शिक्षा विभागले पाँच जना शिक्षकलाई निलम्बन गरेको छ । जिल्ला शिक्षा अधिकारी नरसिंह मीनाले शिक्षकलाई कारबाही गर्ने निर्णय गरेका हुन् ।

दुर्घटना लगत्तै स्थानीयहरूले घाइते र मृत बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए ।

हाल सबैलाई घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु