Saturday, May 2, 2026
Zenith Migration Education
Saturday, May 2, 2026

हाम्रा संस्कृति भनेका खुला संग्राहलय हुन् : मन्त्री पाण्डे

Zenith Migration Education

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्रसिद्ध संगीतकर्मी अरुण थापाको स्मृतिमा गरिएको रचनात्मक कार्यले नेपाली समाजमा सांस्कृतिक चेतना र जागरण ल्याएको बताएका छन् ।

सोमबार २६ औं स्व. अरूण मगरको स्मृति दिवसको अवसरमा स्रष्टा सम्मान एवम् बृहत् सांस्कृतिक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले संस्कृति कुनै निर्जीव वस्तु नभई जीवनको आधार र समाजको प्राण तत्त्व भएको स्पष्ट पाए । उनले भने, “संस्कृति भित्र प्राण छ । हामी खुला सङ्ग्रहालयका रूपमा बाँचिरहेका छौं। हाम्रो भाषा, रहनसहन, खानपान र सोच सबै फरक छन् तर यही विविधता हाम्रो शक्ति हो ।”

मन्त्री पाण्डेले नेपालमा हाल १३१ वटा भाषाहरू बोलिने जनाउँदै अझै थप भाषा सूचीमा आउने उल्लेख गरे । उनका अनुसार अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा सूचीकृत हुन १०५ निवेदन प्राप्त भइसकेका छन् ।

“हामी अतिथि देवो भवः भन्ने संस्कारमा विश्वास राख्छौं । अभौतिक सांस्कृतिक पक्षलाई अझ मजबुत बनाउँदै आगामी दिशा तय गर्दैछौं,” मन्त्री पाण्डेले भने ।

देउडा, कौणा र विभिन्न जातीय नृत्यहरूलाई अब मुलधारको पहिचानमा ल्याउन थालिएको मन्त्री पाण्डेको भनाइ थियो । उनले संस्कृतिसम्बन्धी नीति अगाडि बढिरहेको र नीति पारित भएपछि अभौतिक सम्पदाहरूले औपचारिक मान्यता पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मगर समुदायको संस्कृतिमा योगदान पु¥याएका प्रेम बहादुर थापालाई विशेष रूपमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु