काठमाडौं । हेल्प नेपाल स्पोट्र्स क्लबले काभा च्याम्पियन्स लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा हेल्प नेपालले माल्दिभ्सको क्लब एचडिसीलाई ३–१ सेटमा पराजित गरेको हो ।
हेल्प नेपालले पहिलो खेलमा माल्दिभ्सकै क्लब धिवेही सिफाइन्गे क्लबलाई ३–२ को कठिन सेटमा पराजित गरेको थियो । दोस्रो जित निकाल्ने क्रममा हेल्प नेपालले दुई सेट लगातार जितेको थियो ।
पहिलो सेटमा एचडिसीलाई हेल्प नेपालले २५–१९ ले पाखा लगायो । दोस्रो सेट भने केही रोमाञ्चक बनेको थियो । तर घरेलु टोलीलाई २३ मै रोक्दै हेल्प नेपालले २–० को अग्रता लियो ।
तेस्रो सेट भने हेल्प नेपालको फितलो रह्यो । उक्त सेट १९–२५ ले गुमायो । योसँगै एचडिसीले पुनरागमन गर्ने मौका पाएको थियो । तर २२ अङ्कमा नै रोक्दै हेल्प नेपालले खेल ३–१ को सेटमा आफ्नो पक्षमा पा¥यो ।



