Friday, May 8, 2026
Zenith Migration Education
Friday, May 8, 2026

सुनचाँदी कारोबारमा २ प्रतिशत विलासिता कर आजदेखि कार्यान्वयनमा

Zenith Migration Education

काठमाडौँ । सुन चाँदीको कारोबारमा विलासिता कर आजदेखि लाग्न सुरु भएको छ । सरकारको आर्थिक विधेयकमार्फत व्यवस्था भए बमोजिम कारोबारको २ प्रतिशत बराबरको विलासिता कर लाग्न सुरु भएको हो ।

यस्तो कर प्रत्येक कारोबारमा लाग्नेछ । बैंकबाट सुनचाँदी व्यवसायीले किन्दा, व्यवसायीले ग्राहकलाई बेच्दा तथा ग्राहकले व्यवसायीलाई पुनः बिक्री गर्दा समेत यस्तो कर लाग्ने व्यवस्था आर्थिक ऐनमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको १० लाख रुपैयाँभन्दा धेरै खरिदमा मात्रै यस्तो कर लाग्ने व्यवस्था थियो । तर, अब जुनसुकै परिमाणको सुनचाँदी बिक्री गर्दा पनि यो कर तिर्नुपर्ने छ ।

उक्त कर खारेजी गर्न माग गर्दै अहिले व्यवसायीहरू आन्दोलन गर्दै आएका थिए । सरकारसँग ‘समस्या समाधान गर्ने’ सहमति भएर आन्दोलन स्थगित भए पनि सरकारले करको व्यवस्था फिर्ता भने लिएको छैन ।

अहिले सुनको मूल्य १ लाख ९२ हजार तीन सय रुपैयाँ छ । विलासिताबापतको २ प्रतिशत जोड्दा ग्राहकले सो मूल्यमा थप २ प्रतिशत करिब ३८३६ रुपैयाँ थप तिर्नुपर्छ । प्रत्येक कारोबारमा यस्तो लाग्दै जाने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु