Sunday, May 3, 2026
Zenith Migration Education
Sunday, May 3, 2026

इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीद्वारा दायर मुद्दा खारेज

Zenith Migration Education

लक्जेम्बर्ग । युरोपेली संसदको निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले ज्याँ मेरी ले पेनका उत्तराधिकारीले दायर गरेको अपिल बुधबार खारेज गरिदिएको छ ।

गत वर्ष इयूको संसद्ले ले पेनले संसद् कोषलाई अनुचित रूपमा संसद्को खर्चको रूपमा अनुचित तरिकाले व्यक्तिगत मामिलामा खर्च गरेकोे भन्दै तीन लाख युरो (तीन लाख ४८ हजार अमेरिकी डलर) फिर्ता गर्नुपर्ने माग गरेको थियो ।

अनियमितताविरूद्ध काम गर्ने यूरोपेली कार्यालय (ओएलएएफ) को एक रिपोर्टअनुसार सन् २००९ देखि २०१८ को बीचमा ले पेनले छाता, भान्साको तराजू, डेस्क घडी, स्मार्ट घडी, भर्चुअल रियालिटी ग्लास र १२९ वटा वाइनका बोतललगायत अनावश्यक सामानको खर्च देखाएर बिल पेश गरेको भन्दै उनका उत्तराधिकारीले आवाज उठाएका थिए ।

ले पेन र यस वर्षको सुरुमा उहाँको मृत्युपछि फ्रान्सको नेशनल र्‍याली पार्टीको नेतृत्व गर्ने उनकी छोरी मरीन र उहाँका भाइबहिनीहरूले मुद्दाबारे अपील गरका थिए । “जनरल कोर्टले ले पेन र उहाँका उत्तराधिकारी दुबैले दायर गरेको मुद्दा खारेज गरेको छ,” युरोपेली सङ्घको न्याय अदालतको तल्लो निकाय मानिने एक अदालतले गरेको एक निर्णयमा भनेको छ ।

निर्णयमा भनिएको छ, “संसद्लाई ‘रिकभरी’ को निर्णयलाई अङ्गीकार गर्न र ‘डेबिट नोट’ जारी गर्नको लागी प्रेरित गर्ने प्रक्रिया कानुनी निश्चितता र वैध अपेक्षाहरुको संरक्षणको सिद्धान्त विपरीत छैन।” उक्त फैसलाविरुद्ध अपिल गर्न सकिन्छ । दशकौंसम्म फ्रान्सेली राजनीतिक संस्थापनका लागि भारी बनेका नेता जाँ मेरी ले पेनको जनवरीमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु