Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस

Zenith Migration Education

काठमाडौँ । सार्वजनिक लेखा समितिको २३औँ वार्षिक प्रतिवेदन, २०८२ प्रतिनिधिसभामा पेस भएको छ । समितिका सभापति ऋषिकेश पोखरेलले मङ्गलबारको बैठकमा प्रतिवेदन पेस गर्दै अर्थ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, खानेपानीलगायत मन्त्रालयको धेरै बेरुजु भएको र त्यस विषयमा समितिमा छलफल सम्पन्न भइसकेको जानकारी दिए । समितिको २५६ वटा बैठक सकिएको उनले बताए ।

सांस्कृतिक सम्पदा भाडाामा दिने काम रोक्न समितिले सरकारलाई निर्देशन दिएको सभापति पोखरेलले जानकारी दिए । बेरुजुको सम्परीक्षण भइरहेको उनको भनाइ थियो ।

बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु