Tuesday, May 5, 2026
Zenith Migration Education
Tuesday, May 5, 2026

टिकटकमा दुर्व्यवहारको शिकार बनिन् सिड्नीमा रहेकी नेपाली छात्रा

Zenith Migration Education

सिडनी— सिड्नीको ओबर्नमा बसोबास गर्दै आएकी एक नेपाली छात्रा सामाजिक सञ्जाल टिकटक मार्फत चरित्र हत्या र दुर्व्यवहारको शिकार भएकी छन्।

उनले आफ्नै प्रोफाइलमा राखेको सामान्य भिडियो क्लिपलाई काटछाँट गर्दै “chulbulpanday761” नामक अकाउन्टबाट सार्वजनिक रूपमा गालीगलौज र लाञ्छनासहित भिडियो पोस्ट गरिएको आरोप लगाएकी हुन्।

‘सामान्य रमाइलोका लागि बनाएको भिडियोले मेरो इज्जतमै चोट पुर्‍यायो,’ उनले भनिन्, ‘उक्त अकाउन्टबाट अपमानजनक शैलीमा एडिट गरिएको भिडियो हेर्दा म थरथर काँपें।’

नेपालबाट केही वर्षअघि अष्ट्रेलिया अध्ययनका लागि आएकी आस्था हाल एक कलेजमा उच्च शिक्षा लिइरहेकी छन्। उनलाई सामाजिक सञ्जाल टिकटकमा नियमित पोस्ट गर्ने बानी थियो। तर सोही प्लेटफर्ममा पोष्ट गरेको एउटा छोटो भिडियो क्लिपलाई ‘chulbulpanday761’ नामको टिकटक प्रयोगकर्ताले अनुमति विना प्रयोग गर्दै अपमानजनक भिडियामा परिणत गरेका थिए।

उक्त भिडियोलाई लिएरउनि स्थानीय ओबर्न प्रहरीमा पुगेकी छन् । साथै, उनले बचन न्युजमार्फत सार्वजनिक अपिल गर्दै नेपाली समुदाय, मिडिया र सरोकारवालाहरूको साथ र समर्थन मागेकी छन्।

‘सुरुमा म एक्लै डराएर बसेँ, तर अब चुप लागेर बस्न सक्दिन,’ उनले भनिन्, ‘मजस्ता धेरै दिदीबहिनीहरू सामाजिक सञ्जालमा यस्तै पीडामा छन्।’

उक्त विषयमा नेपाली समुदायको चासो बढ्दै गएको छ। महिला अधिकारकर्मीहरू भन्छन् — यस्ता घटना सामान्य छैनन्, कानुनी प्रक्रिया र सामाजिक प्रतिरोध दुवै जरुरी छ।

सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार विशेषगरी महिला विद्यार्थीहरूका लागि चुनौतीको विषय बन्दै गएको छ। ‘त्यस्तो व्यवहार गर्नेले माफीको हकदार छैन,’ आस्थाले स्पष्ट रूपमा भनिन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु