Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

इजरायलसँग तत्काल वार्ता सम्भव छैन : इरान

Zenith Migration Education

इरानले आक्रमण जारी रहेको अवस्थामा आफ्नो आणविक कार्यक्रमबारे वार्ता नहुने स्पष्ट पारेको छ।

जेनेभामा युरोपेली कूटनीतिज्ञहरूसँगको भेटमा इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायलको आक्रामकता रोकिएपछि मात्र कूटनीति सम्भव हुने प्रतिक्रिया दिए।

उनले आणविक कार्यक्रम पूर्णतः शान्तिपूर्ण भएको दाबी गर्दै इजरायली आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघनको संज्ञा दिएको छ। ‘इरान आफ्नो वैध आत्मरक्षा अधिकार प्रयोग गर्न पछि पर्ने छैन’, उनले भने।

यसैबीच, इजरायली सेनाले इरानी मिसाइल भण्डारण र प्रक्षेपण केन्द्रहरूमा थप आक्रमण शुरु गरेको जनाएको छ। यसअघि इरानले पनि इजरायलको मध्य क्षेत्रमा मिसाइल प्रहार गरेको थियो। तेल अभिभ नजिकै विस्फोटको ठूलो आवाज सुनिएको थियो । केही भवनमा आगलागी समेत भएको छ।

इजरायली विदेशमन्त्री एयाल जामिरले भिडियो सन्देशमार्फत ‘कठिन दिनहरू’ का लागि तयार रहनुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु