Friday, May 1, 2026
Zenith Migration Education
Friday, May 1, 2026

अष्ट्रेलियाको तास्मानियामा प्रवास नेपाली सम्पर्क विभागको क्षेत्रीय समिति गठन

Zenith Migration Education

प्रवास नेपाली सम्पर्क विभाग, अष्ट्रेलियाले तास्मानिया राज्यमा औपचारिक रूपमा क्षेत्रीय समिति गठन गरेको छ। होबार्ट सिटीमा आयोजित भव्य कार्यक्रममा नवगठित समिति सार्वजनिक गरिएको हो ।

कार्यक्रममा नेपालबाट विशेष अतिथि रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सम्माननीय सांसद प्रा।डा। चन्दा कार्की र माननीय सांसद गणेश पराजुली ज्यूले अनलाइनमार्फत उपस्थिति जनाएका थिए ।

नेपालस्थित केन्द्रबाट प्रवास नेपाली सम्पर्क विभागका सचिव पदमराज पन्थी विशेष अतिथि रूपमा भर्चुअल रूपमा कार्यक्रममा सहभागी भएका थिए ।

केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वास भट्टराईले स्वागत मन्तव्य राख्दै उपस्थित अतिथि, सहभागी र सम्पूर्ण तास्मानिया समुदायप्रति आभार प्रकट गरे । उनले यो गठन प्रवासी नेपालीबीच एकता, समन्वय र सशक्त उपस्थिति निर्माण गर्ने दिशामा महत्वपूर्ण कदम भएको उल्लेख गरे ।

तास्मानिया क्षेत्रीय समितिको राज्य प्रमुखमा रवि सिंह बिष्ट, उप–राज्य प्रमुख कैलेंद्र दसौदि, सचिवमा रुमी गोतामे र शिशिर ढुंगानाले कोषाध्यक्षको जिम्मेवारी पाएका छन् । त्यस्तै सदस्यहरुमा सुजन थापा, सपना खत्री, प्रियंका न्यौपाने नेपाल, नितेश ढकाल, दीपक कोईराला र तप राज ढुंगाना रहेका छन् ।

कार्यक्रममा प्रवास नेपाली सम्पर्क विभाग अष्ट्रेलियाका उपाध्यक्ष, अन्य केन्द्रीय सदस्यहरू तथा विभिन्न राज्यका प्रतिनिधिहरूले पनि अनलाइनमार्फत नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रमको अध्यक्षता विभागका केन्द्रीय प्रमुख डा. कृष्ण पौडेलले गरेका थिए भने निर्वाचन आयुक्त नगेन्द्र अधिकारीको संयोजनमा नवगठित समितिको औपचारिक घोषणा गरेको हो ।

केन्द्रीय सदस्य तथा प्रवक्ता विश्वास भट्टराईले तास्मानियामा राज्य समिति गठन हुनु प्रवासी नेपालीहरूको आवाज अझ सशक्त रूपमा स्थापित गर्ने दिशामा महत्वपूर्ण उपलब्धि भएको बताए । उनले भने ‘यसअघि हामीले न्यू साउथ वेल्स, साउथ अष्ट्रेलिया, अष्ट्रेलियन क्यापिटल टेरिटोरी र भिक्टोरियामा समिति गठन गरिसकेका छौं। तास्मानिया पाँचौं राज्य बनेको छ। अब हामी बाँकी रहेका राज्यहरू—क्विन्सल्याण्ड, वेस्टर्न अष्ट्रेलिया, नर्दर्न टेरिटोरी—मा पनि छिट्टै समिति गठनको तयारीमा छौं।’ उनि थप्छन्’हामी नेपालीहरू जहाँ भए पनि एकता, आत्मीयता र संस्कृतिमा बाँच्न चाहन्छौं। प्रवासी भूमिमा पनि आफ्ना मूल्यमान्यता जोगाउँदै, नयाँ पुस्तालाई मातृभूमिसँगको सम्बन्ध बलियो बनाउने अभियानमा हामी कटिबद्ध छौं।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु