सिड्नी — अष्ट्रेलियाको सिड्नीमा रहेका नेपाली युवाहरूले ब्लड क्यान्सर पीडित बालक निश्चल आचार्यको उपचार सहयोगार्थ आर्थिक सहयोग संकलन गरेका छन्।
‘MRR ग्रुप’ को संयोजनमा आयोजित ‘BBQ इभेन्ट’ बाट संकलन भएको रकमबाट खर्च कटाएर बाँकी रहेको २७६.८६ अष्ट्रेलियन डलर, साथै थप साथीभाइहरु बाट संकलित २१६.१४ डलरसहित जम्मा ४९३ अष्ट्रेलियन डलर ( रु ४०३५७ ) नेपाल पठाइएका छन्।
तीन वर्षीय निश्चलको हाल काठमाडौंस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकहरूले उनलाई ब्लड क्यान्सर भएको पुष्टि गरेका छन्। तर, कमजोर आर्थिक अवस्थाका कारण उपचारमा ढिलाइ भइरहेको निश्चलका परिवारजनको भनाइ छ।
सहयोग अभियानमा सिड्नी का एम.एम.यार का युवाहरूको सक्रिय सहभागिता रहेको थियो। समूहले सिड्नीमा आयोजना गरिएको ‘BBQ’ कार्यक्रममार्फत सहयोग संकलन गरेको हो।
‘साना प्रयासहरू पनि कसैको जीवन बचाउन सक्छ भन्ने उदाहरण यो हो,’ अभियानमा संलग्न युवाहरूले बताए।
उनीहरूले निश्चलको उपचारमा सहयोग गर्न इच्छुक सबै नेपालीहरूलाई यथासक्य सहयोग गरिदिन अपिल गरेका छन्।



