Thursday, May 28, 2026
Zenith Migration Education
Thursday, May 28, 2026

बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न सकेन, कर्जा रिकभरीमा समस्या छ : गभर्नर अधिकारी

Zenith Migration Education

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न नसकेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा न्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग न्यून भएको उल्लेख गरे । गभर्नर अधिकारीले अर्थतन्त्रमा शिथिलता रहेको भन्दै रिकभरीका लागि सबैको समन्वय आवश्यक रहेको बताउए । उनले दक्षिण एशियामा नेपालको पोलिसी रेट कम रहेको बताए ।

उनले अर्थतन्त्रमा संरचनागत समस्या चिर्न अर्थ समितिको पनि भूूमिका रहने बताए । उनले ाष्ट्र बैंकले बैकले २०४७ सालदेखि ब्याजदर निर्धारण गर्न बजारलाई छाडेको बताए । उनले बजारमा भएको तरलताको अवस्थाले ब्याजदर निर्धारण गर्ने गरेको भन्दै त्यसलाई उद्योगी, व्यापारी र राष्ट्र बैंकले स्वीकार गर्नुपर्ने उल्लेख गरे ।

‘अर्थतन्त्रमा शिथिलता छ । त्यसको लागि सबैको समन्वय आवश्यक छ,’ गभर्नर अधिकारीले भने, ‘अर्थतन्त्रमा संरचनागत समस्याहरू छन् । तिनीहरूलाई चिर्नु छ । राष्ट्र बैंकले बैकको ब्याजदर निर्धारण गर्न बजारलाई छाडेको छ । बजारमा तरलताको अवस्थाले ब्याजदर निर्धारण गर्छ । बजारलाई उद्योगी र व्यापारी वा राष्ट्र बैंकले स्वीकार गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु