Zenith Migration Education
Sunday, March 23, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

Zenith Migration Education

काठमाडौं। सत्ता गठबन्धनका तीन शीर्ष नेता- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता अध्यक्ष नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार प्रतिपक्षी दलहरुसँग भेट गरेको विषयमा केन्द्रित रहेको स्रोतले जनाएको छ।

नेपालको सो भेटपछि सत्ता गठबन्धन तरंगित बनेको थियो। सो भेटबारे छलफल गरेर गठबन्धनमा विश्वासको वातावरण बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीले माधव नेपालसँग छलफल गरेको बुझिएको छ। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीले समसामयिक विषयवस्तुमा छलफल भएको बताए।

बुधबार साँझ देउवा निवासमा हाल अल्पमतमा रहेको जसपा नेपालको मधेश प्रदेश सरकारलाई बचाउने विषयमा छलफल भएको थियो। कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी एक ठाउँमा आएमा मधेश सरकार बहुमतमा हुने हुनाले देउवाले सो पहल गरेका थिए। साथै देउवाले नेपाललाई अहिलेको गठबन्धन छोडेर मधेशबाटै वैकल्पिक गठबन्धन बनाउन आग्रह गरेका थिए।

यसअघि शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले भने माओवादी केन्द्रको संसदीय दलको बैठकमा माधव नेपालले आफूसँग सोधेर देउवासँग भेटेको दाबी गरेका थिए। साथै उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic