Thursday, April 30, 2026
Zenith Migration Education
Thursday, April 30, 2026

‘क्लाइमेट स्मार्ट स्कुल’ तथा युवा पैरवीसम्बन्धी कार्यशाला सम्पन्न

Zenith Migration Education

काठमाडौँ: युरोपियन युनियन (इयु)को सहयोगमा ‘क्लाइमेट स्मार्ट स्कुल’ तथा युवा पैरवीसम्बन्धी तीन दिवसीय अभिमुखीकरण कार्यशाला आज सम्पन्न भएको छ । काठमाडौँमा भएको कार्यशाला क्रिएसन नेपालद्वारा सञ्चालित ‘ग्रिनसिफ्ट’ परियोजना कार्यान्वयन गर्ने उद्देश्यले सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

अभिमुखीकरणमा बागमती प्रदेशबाट ललितपुर महानगरपालिका, लुम्बिनी प्रदेशबाट नेपालगञ्ज उपमहानगरपालिका र मधेस प्रदेशबाट बर्दिबास नगरपालिकाका चार विद्यालयका शिक्षक, शिक्षिका तथा स्थानीय युवा समूह सहभागी थिए । उनीहरुलाई प्लाष्टिक फोहरमैला व्यवस्थापनलगायतका विषयमा अभिमुखीकरण गराइएको थियो । गोष्ठीमा सहभागीलाई परियोजनाका विषयमा विस्तृत जानकारी गराइनुका साथै सञ्चारको आधारभूत ज्ञान, परियोजनाका सञ्चार दिशानिर्देशहरु, सामाजिक सञ्जाल प्रयोग गर्ने तरिका, वित्तिय रिपोर्टिङ, कार्ययोजना निमार्णका साथै नेतृत्व क्षमता अभिवृद्धिसम्बन्धी तालिम प्रदान गरिएको थियो । क्रिएसन नेपालका अध्यक्ष आनन्द मिश्रले गोष्ठीमा सहभागीले व्यावहारिक ज्ञान हासिल गरी आआफ्नो कार्यक्षेत्रमा फर्किसकेपछि लागू गर्ने विश्वास व्यक्त गर्नुभयो ।

वातावरण संरक्षण गर्ने हरेक नागरिकको कर्तव्य भएकाले समुदाय र विद्यालयस्तरबाट सचेतना जगाउनसके न्यूनीकरण हुनसक्ने मिश्रले बताउनुभयो । ग्रिनसिफ्ट परियोजनाका प्रमुख युनिस घिमिरेले युवाहरुले सामुदायिकस्तरमा फोहरमैला व्यवस्थापनसम्बन्धी प्रभावकारी क्रियाकलाप सञ्चालन गर्न पाठ्यक्रममा आधारित प्लास्टिकजन्य फोहरमैला व्यवस्थापनका विषयमा अभिमुखीकरणमा व्यावहारिक ज्ञान प्रदान गरेको बताउनुभयो । ग्रिनसिफ्ट परियोजना चार वर्षका लागि तीन प्रदेशका नौ स्थानीय तहमा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु