काठमाडौं । नेपाल र भारत हिन्दू धर्मावलम्बीको बाहुल्यता भएको देश हुन्। त्यसैले पनि भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका केही राजनीतिक दलहरूले आ-आफ्ना देशमा हिन्दू राष्ट्रको माग राख्दै अभियान चलाउँदै गर्दा यी दुवै देशमा भने हिन्दूहरूको संख्यामा गिरावट आएको छ।
प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदले गरेको एक अध्ययनले भारतमा ६५ वर्ष मुनिका हिन्दूहरूको जनसंख्या घटेको खुलासा गरेको छ ।
देशमा बहुसंख्यक धर्म मान्ने हिन्दूहरुको जनसंख्या सन् १९५० देखि २०१५ सम्म ७.८ प्रतिशतले घटेको छ । जबकि धेरै छिमेकी देशहरूमा बहुसंख्यक समुदायको जनसंख्यामा अत्यधिक वृद्धि भएको छ।
अध्ययनअनुसार भारतमा हिन्दूहरूको जनसंख्या घट्दा मुस्लिम, क्रिश्चियन, बौद्ध, शिख लगायत अल्पसंख्यकहरुको संख्यामा वृद्धि भएको छ। तर अवधिमा जैन र फारसीहरूको संख्या घटेको छ ।
सन् १९५० देखि २०१५ को बीचमा भारतमा मुस्लिम जनसंख्या ४३.१५ प्रतिशतले बढेको छ। क्रिस्चियनहरूमा ५.३८%, सिखहरूमा ६.५८% र बौद्धहरूमा थोरै वृद्धि देखिएको छ।
अध्ययनका अनुसार सन् १९५० मा भारतको जनसङ्ख्यामा हिन्दूहरूको हिस्सा ८४ प्रतिशत थियो। २०१५ सम्म यो ७८ प्रतिशतमा घट्यो। सोही अवधिमा मुस्लिमको हिस्सा ९.८४ प्रतिशतबाट बढेर १४.०९ प्रतिशत पुगेको छ ।
म्यानमार पछि भारत आफ्नो छिमेकी देशहरूमा दोस्रो हो जसको बहुसंख्यक जनसंख्या घटेको छ। बहुसंख्यक जनसंख्या म्यानमारमा १० प्रतिशत र भारतमा ७.८% ले घटेको छ। भारतबाहेक नेपालमा बहुसंख्यक समुदाय (हिन्दू) को जनसङ्ख्यामा ३.६ प्रतिशतले कमी आएको छ ।
यस अध्ययनको रिपोर्ट मे २०२४ मा जारी गरिएको थियो। यसमा विश्वका १६७ देशको अध्ययन गरिएको छ । विश्व प्रचलनलाई हेर्दा भारतमा स्थिरता देखिएको अध्ययनका लेखकहरू बताउँछन् । लेखकहरू भन्छन्, तथ्याङ्कको विश्लेषणले भारतमा अल्पसंख्यकहरू सुरक्षित मात्र नभएर जनसंख्या पनि तीव्र गतिमा बढिरहेको देखाउँछ।
भारतमा बहुसंख्यक समुदायको जनसङ्ख्या घटे पनि छिमेकी मुलुकको जनसङ्ख्या ह्वात्तै बढेको छ । बंगलादेशमा, बहुसंख्यक समुदाय मुस्लिमहरूको जनसंख्या सबैभन्दा बढी १८.५ प्रतिशतले बढेको छ।
त्यसपछि पाकिस्तानमा मुस्लिम जनसंख्या ३.७५ प्रतिशत र अफगानिस्तानमा ०.२९ प्रतिशतले बढेको छ । सन् १९७१ मा बंगलादेश छुट्टिएपछि पाकिस्तानले बहुसंख्यक धार्मिक सम्प्रदाय (हनाफी मुस्लिम) को हिस्सामा ३.७५% र कुल मुस्लिम जनसंख्याको हिस्सामा १०% वृद्धि देख्यो।
भारतको पूर्वी छिमेकी म्यानमारले आफ्नो जनसंख्यामा बहुसंख्यक समुदायको हिस्सामा सबैभन्दा ठूलो गिरावट देखेको छ। म्यानमारमा थेरवाद बौद्धहरूको बहुसंख्यक जनसंख्या ६५ वर्षमा १०% ले घटेको छ। भारत र म्यानमार बाहेक नेपालको बाहुल्य हिन्दू जनसंख्या ३.६ प्रतिशतले घटेको छ ।
माल्दिभ्समा बहुसंख्यक समुदाय (शफी सुन्नी) को हिस्सा १.४७% ले घटेको छ। यद्यपि, मे २०२४ को अध्ययन अनुसार भारतका छिमेकी राष्ट्रहरू भुटान र श्रीलंका, जसमा बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता छ, पनि क्रमशः १७.६% र ५.२५% ले वृद्धि भएको छ।
अध्ययनका अनुसार अष्ट्रेलिया, चीन, क्यानडा, न्यूजिल्याण्ड र केही पूर्वी अफ्रिकी देशहरूमा भारतको तुलनामा बहुसंख्यक समुदायको जनसङ्ख्यामा ठूलो गिरावट आएको छ।