Thursday, August 27, 2026
Zenith Migration Education
Thursday, August 27, 2026

काठमाडौँमा आराधना स्कुल संचालित

Zenith Migration Education

काठमाडौँ : बुढानिलकण्ठ-४, पासिकोटमा अवस्थित काठमाडौँ आराधना स्कुल नेपाली मण्डलीहरूलाई आराधनाको शिक्षा दिदैं आएको छ। २०१९ मा स्थापित यस स्कुलले हालसम्म करिब ५० भन्दा बढी मण्डली यस्तो शिक्षा प्रदान गरिसकेको स्कुलका संस्थापक अध्यक्ष पास्टर विनोद कटुवाल बताउनु हुन्छ।

अध्यक्ष कटुवालका अनुसार नेपाली मण्डलीहरूमा असल र दक्ष आराधनाका अगुवा निर्माण गरी परमेश्वरको महिमा गर्नु नै यस स्कुलको प्रमुख उद्देश्य रहेको छ।

उहाँका अनुसार स्कुलको स्थापनाकालदेखि हालसम्म तेस्रो ब्याज सकिएर हाल चौथो ब्याचको तयारी भइरहको छ।

पास्टर विनोद कटुवाल अनन्त शान्ति मण्डलीका सेवक पास्टर हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु