Thursday, May 21, 2026
Zenith Migration Education
Thursday, May 21, 2026

जासुसीको आरोपमा २ भारतीयलाई अष्ट्रेलियाबाट निकाला गरिएको खुलासा

Zenith Migration Education

काठमाडौं । सन् २०२० मा अस्ट्रेलियाले दुई भारतीय जासुसलाई देशबाट निष्कासन गरेको थियो । उनीहरूमाथि देशको सुरक्षासँग सम्बन्धित गुप्तचर सूचना चोरेको आरोप लागेको थियो । उनीहरूले अस्ट्रेलियाको गुप्तचर रक्षा परियोजना र विमानस्थल सुरक्षासँग सम्बन्धित जानकारी चोर्ने प्रयास गरेको आरोप थियो।

द अष्ट्रेलियन र सिड्नी मर्निङ हेराल्डका रिपोर्टहरूले यस मामिलामा दुई भारतीयलाई देशबाट निष्कासन गरेको दाबी गरेका छन्। तर भारतले यी रिपोर्टको कुनै प्रतिक्रिया दिएको छैन।

एबीसी रिपोर्टले दावी गरेअनुसार भारतीय जासुसहरूलाई अष्ट्रेलियाबाट देशको रक्षा परियोजनाहरू र विमानस्थल सुरक्षासँग सम्बन्धित गुप्तचर कागजातहरू चोरी गरेपछि निष्कासन गरिएको थियो। यी जासुसहरूले अष्ट्रेलियाको व्यापार सम्बन्धसँग सम्बन्धित गुप्तचर सूचनाहरू पनि चोरिरहेका थिए।

अष्ट्रेलिया सेक्युरिटी इन्टेलिजेन्स अर्गनाइजेसनले २०२० मा तथाकथित विदेशी जासुसहरूको समूहलाई पर्दाफास गरेको थियो। यी जासुसहरूले अष्ट्रेलियामा बसोबास गर्ने भारतीयहरूलाई पनि नजिकबाट निगरानी गरिरहेका थिए र देशका वर्तमान र पूर्व नेताहरूसँग सम्बन्ध निर्माणमा व्यस्त थिए।

गत वर्ष अमेरिकी भूमिमा सिख कट्टरपन्थी गुरपतवन्त सिंह पन्नुको हत्या गर्ने षड्यन्त्रमा भारतीय गुप्तचर एजेन्सी रअका एक अधिकारी संलग्न रहेको वाशिंगटन पोस्टको रिपोर्टपछि अस्ट्रेलियाका अखबारहरूमा यी दाबीहरू गरिएको हो। यसबारे भारतले मंगलबार वाशिंगटन पोस्टले यस्तो गम्भीर विषयमा अप्रमाणित आरोप लगाएको बताएको थियो।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु