Zenith Migration Education
Thursday, June 19, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

Zenith Migration Education

सिरहा: सिरहाको लहानमा आयोजित सामुदायिक तथा सार्वजनिक पुस्तकालयको मधेस प्रदेशस्तरीय सम्मेलनमा सरोकारवालाले पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले सतही अध्ययनका आधारमा धारणा बनाउनेको जमात बलियो बनेको भन्दै किताव पढ्ने बानी र गहिरो अध्ययन गर्ने बानी हराउँदै गएकामा सम्मेलनका वक्ताले चिन्तासमेत व्यक्त गरेका छन् । कार्यक्रममा सङ्घीय सांसद गङ्गाप्रसाद यादवले पुस्तकालयमा पठनपाठन गर्न जाने पठन संस्कृति हराउँदै गएको उल्लेख गर्दै पठन संस्कृतिको विकास गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

“पुस्ताकलयमा गएर पढ्ने संस्कृति हराउँदै गएको छ । युवापुस्ता विभिन्न प्रकारका कुलत र दुव्र्यसनमा आकर्षित भएका छन्”, सांसद यादवले भन्नुभयो, “युवालाई चेतना अभिवृद्धि गरी पठन संस्कृतिको विकास नगर्दासम्म सामाजिक विकास गर्न असम्भव छ ।” सांसद यादवले मधेस प्रदेशमा साक्षरता दर कम हुनु चिन्ताको विषय भएको उल्लेख गर्दै तीनै तहका सरकारले शिक्षामा प्रसस्त लगानी र उचित वातावरण तयार गर्न जरुरी भएको बताउनुभयो ।

मधेस प्रदेशका प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले मधेसमा पुस्तकालय निर्माणको आवश्यकता भएको जिकिर गर्दै त्यसका लागि आफू लागिपरेको बताउनुभयो । उहाँले पठन संस्कृतिको विकास गरेर मात्रै सामाजिक विकास गरी समृद्धिको दिशा देखाउन सकिने बताउनुभयो ।

नेपाल सामुदायिक पुस्तकालयका महासचिव राजेन्द्र पाण्डे, नेपाल सामुदायिक पुस्तकालय कोशी प्रदेशका अध्यक्ष भरत खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, जे एस मुरारका क्याम्पस लहानका उपप्राध्यापक जितेन्द्रदेव चौधरीलगायतले समाज विकासको जग नै शिक्षा भएको उल्लेख गर्दै पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery