Zenith Migration Education
Sunday, March 23, 2025
Zenith Migration Education
Winner Circle Education & Visa Services

चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान

Zenith Migration Education

भरतपुर: चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान सुरूगरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज अभियाको शुभारम्भ गर्दै सभ्य, सुन्दर र सुसंस्कृत महानगर निर्माणका लागि लागूऔषध नियन्त्रण गर्न जरूरी रहेको र त्यसका लागि उहाँले सडक मानवमुक्त पहिलो महानगर बनाइएजस्तै लागूऔषध नियन्त्रणमा पनि देशमै उदाहरणीय महानगर बनाउने गरी आफूले कार्य गरिरहेको समेत बताउनुभयो ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले पनि विकृति विसङ्गतिरहित समाजको निर्माणका लागि युवावर्गलाई लागूऔषधको दलदलबाट बाहिर ल्याउन अभियान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सातवटै स्थानीय तहमा अभियान सञ्चालनका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो । अभियानका क्रममा सबै स्थानीय तहका टोलटोलमा सरोकारवालासँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले अपराधमुक्त समाज निर्माणका लागि लागूऔषध नियन्त्रणमा सबैको सहयोग अपरिहार्य रहेको धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु
Hamro Grocery Lumbini Kohinoor polyclinic