Friday, July 17, 2026
Zenith Migration Education
Friday, July 17, 2026

पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा

Zenith Migration Education

काठमाडौँ: नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिस क्लबले आर्मी क्लबलाई ३–१ सेटले पराजित गरेको हो । जितसँगै पुलिसले ६ अङ्क बटुलेको छ । पराजित भएको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलको पहिलो सेटमा पुलिस २५–१९ अङ्कले विजयी भयो । पुलिसले दोस्रो सेट १७–२५ अङ्कले गुमाउन पुग्यो । तेस्रो सेटमा पुलिस क्लब २५–१५ अङ्कले विजयी भयो । निर्णायक सेटमा पनि पुलिस क्लबले आर्मीलाई २५–१३ अङ्कले हरायो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रयोगिताको विजेता टोलीले रु चार लाख ९९ हजार तथा उपविजेता टोलीले रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ।त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुने टोलीले रु ६२ हजार पुरस्कार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु