Tuesday, August 25, 2026
Zenith Migration Education
Tuesday, August 25, 2026

बालिका बेचविखन गर्ने महिला पक्राउ

Zenith Migration Education

काठमाडौँ: नेपाल प्रहरीले साढे दुई वर्षकी बालिका बेचविखन गर्ने एक महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आर्थिक अवस्था कमजोर भएको मकवानपुरको एक परिवारको साढे दुई वर्षकी बालिकालाई बेचविखन गर्ने ललितपुर गोदावरी नगरपालिकाका ४३ वर्षीय उर्मिला भन्ने कल्पना विश्वकर्मालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

व्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले आर्थिक अवस्था कमजोर भएका बालिकाको बुबाआमालाई पटकपटक भेटेर तिमीहरुको आर्थिक अवस्था कमजोर रहेछ काठमाडौँको संस्थाको होस्टलमा राखिदिन्छौ भनी काठमाडौँ ल्याएर बिक्री वितरण गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

पक्राउ विश्वकर्माले ती बालिकालाई गत चैत २९ गते पीडितको घरमा गई ल्याएर चार दिन आफ्नो घरमा राखी झापाको काकरभिट्टासम्म पुर्याएर भारतको सिलगुढी माईती भएकी महिलालाई बेचेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ विश्वकर्माले संस्थाको तर्फबाट भनी पीडित बालिकाको आमाबुबालाई रु २० हजार दिएको अनुसन्धानमा खुलेको छ ।

प्रहरीले पीडित बालिकालाई बैशाख १० गते उद्दार गरि सुरक्षित आवास गृहमा राखेको छ । प्रहरीले बालिका बेचविखनमा संलग्न विश्वकर्मालाई जिल्ला अदालत काठमाडौँबाट मानव बेचविखन तथा ओसारपसार मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता फुयालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शिर्षकहरु